१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा



अ+ अ-

काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो तथा माथिबाट ढुंगा खसेर अवरुद्ध भएको सडक पूर्णरूपमा सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान ३ः१५ बजेसम्म सडकखण्डका विभिन्न स्थानमा पहिरो र ढुंगा खसेर सडक अवरुद्ध बनेको थियो। अवरोध हटाइएपछि अहिले सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको कार्यालयले जनाएको छ।

तर, सडकखण्डमा पहिरोको जोखिम अझै कायमै रहेकाले सावधानीपूर्वक तथा सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले यात्रुलाई अनुरोध गरेको छ।