९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा झुण्डिएका तार व्यवस्थापनका लागि भइरहेको प्रगतिबारे सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त अनुगमन गर्नुहुने भएको छ ।

संयुक्त अनुगमन कार्यक्रम सोमबार अपराह्न ४ः२० बजे तय गरिएको छ । अनुगमन टोलीले गौशाला, पुरानो बानेश्वर, तारा हल, विमानस्थल हुँदै जडीबुटीसम्मको क्षेत्रमा झुण्डिएका तथा अव्यवस्थित तार व्यवस्थापनको अवस्थाबारे स्थलगत निरीक्षण गर्नेछ ।

तार व्यवस्थापनको प्रगति, बाँकी काम तथा सम्बन्धित निकायबीचको समन्वयका विषयमा अनुगमनका क्रममा जानकारी लिइने जनाइएको छ ।