६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीलाई फुलहमले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत फुलहमले जित निकालेको छ । गएराति भएको खेलमा फुहलमले लेस्टर सिटीलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

फुलहमलाई जित दिलाउन खेलको १७ औं मिनेटमा अलेक्सान्डर मित्रोभिचले गोल गरे ।

जितसँगै १८ खेलबाट २८ अंकसहित फुलहम सातौं स्थानमा रहँदा समान खेलबाट १७ अंकसहित लेस्टर १३ औं स्थानमा छ ।