१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी



अ+ अ-

भालुवाङ । लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनुभएको छ । दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उहाँ हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री हुनुहुन्छ । संस्थापन पक्षका चौधरी संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।

संसदीय दलको नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी हुनुहुन्थ्यो ।

लुम्बिनी प्रदेशसभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् ।