१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदले पूर्णता पाउन अझै समय लाग्ने ओलीको संकेत



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गर्नु भएको छ ।

अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताउनु भएको हो । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गर्नु भयो ।

उहाँले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको सो माग सरकारसमक्ष पु¥याउन आफू लागिपर्ने आश्वासन समेत दिनु भयो । नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईहरुको यो अभिव्यक्ति हेरोस भन्ने चाहना र यो मागलाई सरकार समक्ष पु¥याउँछु । अहिले त खेलकुद मन्त्री नै छैन । केही दिन भित्र भन्दा पनि १०–१५ दिन लाग्न पनि सक्छ । खेलकुद मन्त्री आउन । तर १०÷१५ दिन पछि भएपनि म खेलकुद मन्त्री जो बन्ला, उसलाई पनि यो तपाईहरुको कुरा भन्छु । खेलाडीहरुको भनाई छ–खेल क्षेत्रलाई सरकारले हेरोस् । त्यो कुरा म सरकारसँग राख्छु ।’

अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राख्नु भयो । त्यस अवसरमा उहाँले सो एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाई नगर्न आग्रह गर्दै आफूले २ लाख नगद राशी सहयोग गर्ने घोषणा गर्नु भयो ।