१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

एमालेले शुक्रबारसम्ममा प्रदेश १ मा सरकार गठनका लागि दाबी पेस गर्ने

एमालेले शुक्रबारसम्ममा प्रदेश १ मा सरकार गठनका लागि दाबी पेस गर्ने
अ अ+ अ-

विराटनगर । नेकपा (एमाले) ले प्रदेश १ मा शुक्रबारसम्ममा सरकार गठनका लागि दाबी पेस गर्ने जनाएको छ । प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दलसमेत हो ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आगामी शुक्रबारसम्म सत्ता साझेदार दलहरुबीच सहमति गरेर प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार एमालेकै नेतृत्वमा यो प्रदेशमा सरकार गठन हुनेछ ।

उहाँले सरकार गठनका लागि अनौपचारिक छलफल भइरहेको र अब यसले औपचारिकता पाउने बताउनुभयो ।

यस प्रदेशमा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ र जनता समाजवादी पार्टी (जसपा) का १ सदस्य रहेका छन् । संघीय एमालेको नेतृत्वमा बन्ने सरकारमा यी सबै दल जाने देखिएको छ ।

संघीय सरकारमा यी दलसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले गठबन्धन गरेका छन् । तर रास्वपाले कुनै पनि प्रदेशमा उम्मेदवारी दिएको थिएन भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यो प्रदेशमा कुनै सिट ल्याउन सकेका थिएनन् ।

एमालेको नेतृत्वमा सरकार बन्ने अवस्थामा यस प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) प्रतिपक्षमा बस्नेछन् ।

प्रदेशप्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई यी पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।