२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले शुक्रबारसम्ममा प्रदेश १ मा सरकार गठनका लागि दाबी पेस गर्ने



अ+ अ-

विराटनगर । नेकपा (एमाले) ले प्रदेश १ मा शुक्रबारसम्ममा सरकार गठनका लागि दाबी पेस गर्ने जनाएको छ । प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दलसमेत हो ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आगामी शुक्रबारसम्म सत्ता साझेदार दलहरुबीच सहमति गरेर प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार एमालेकै नेतृत्वमा यो प्रदेशमा सरकार गठन हुनेछ ।

उहाँले सरकार गठनका लागि अनौपचारिक छलफल भइरहेको र अब यसले औपचारिकता पाउने बताउनुभयो ।

यस प्रदेशमा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ र जनता समाजवादी पार्टी (जसपा) का १ सदस्य रहेका छन् । संघीय एमालेको नेतृत्वमा बन्ने सरकारमा यी सबै दल जाने देखिएको छ ।

संघीय सरकारमा यी दलसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले गठबन्धन गरेका छन् । तर रास्वपाले कुनै पनि प्रदेशमा उम्मेदवारी दिएको थिएन भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यो प्रदेशमा कुनै सिट ल्याउन सकेका थिएनन् ।

एमालेको नेतृत्वमा सरकार बन्ने अवस्थामा यस प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) प्रतिपक्षमा बस्नेछन् ।

प्रदेशप्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई यी पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।