४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर स्टारर ‘एनिमल’को फर्स्ट लुक सार्वजनिक



अ+ अ-

एजेन्सी । नयाँ वर्षको अवसरमा रणवीर कपूरको आगामी फिल्म ‘एनिमल’को फर्स्ट लुक सार्वजनिक भएको छ । सेयर गरिएको पोस्टरमा रणवीर कपूर भिन्न शैलीमा देखिएका छन् ।

निर्देशक सन्दीप रेड्डीले ठीक १२ बजे फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका थिए । पोस्टर सार्वजनिक हुनेबित्तिकै रणवीरका फ्यानहरूले उनको हिंस्रक अवतारलाई मन पराएका छन् ।

पोस्टरमा रणवीरको साइड अनुहार देखिन्छ र उनी रगतले लतपतिएको देखिन्छ ।

मुख्य अभिनेत्री रश्मिकाले पनि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्मको पोस्टर सेयर गरेकी छिन् । उनले लेखेकी छन् – ‘एनिमलको फर्स्ट लुक सार्वजनिक भएको छ । फिल्मको हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु, तपाईं पनि हेर्नुहोस् ।’

फिल्म एनिमलको निर्देशन र लेखन सन्दीप रेड्डी वांगाले गरेका हुन् । यो चलचित्र ११ अगस्ट २०२३ मा हलमा रिलिज हुनेछ । रिपोर्टका अनुसार यो फिल्म पाँच भाषामा रिलिज हुनेछ । रणबीर कपुरको यो चरित्र उनका बाँकी फिल्मभन्दा निकै फरक हुने बताइएको छ ।

फिल्ममा रणवीरका अलावा अनिल कपूर, बबी देओल र तृप्ती डिमरी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।