७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत चयन



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्ट संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको छ । आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा भएको बैठकमा भट्ट सर्वसम्मत चयन हुनुभएको हो ।

नेता भट्ट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत हुनुहुन्छ ।

दलको नेतामा केन्द्रीय सदस्य ओमविक्रम भट्टलेसममेत दाबी गर्नुभएको थियो तर अन्तिम समयमा उहाँले भट्टलाई समर्थन गर्नुभयो ।

यसअघि शनिबार बसेको संसदीय दलको बैठकमा दुवै नेताले दाबी नछाड्दा सहमति हुनसकेको थिएन । भट्ट डडेल्धुरा निर्वाचन क्षेत्र ९१० बाट निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धनका साझा उम्मेदवार रहनुभएका भट्टलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।

उहाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । नेकपा ९एमाले० नेतृत्वको नयाँ गठबन्धनमा समेत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिइने सम्भावना रहेको छ ।