१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत चयन

सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत चयन
अ अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्ट संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको छ । आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा भएको बैठकमा भट्ट सर्वसम्मत चयन हुनुभएको हो ।

नेता भट्ट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत हुनुहुन्छ ।

दलको नेतामा केन्द्रीय सदस्य ओमविक्रम भट्टलेसममेत दाबी गर्नुभएको थियो तर अन्तिम समयमा उहाँले भट्टलाई समर्थन गर्नुभयो ।

यसअघि शनिबार बसेको संसदीय दलको बैठकमा दुवै नेताले दाबी नछाड्दा सहमति हुनसकेको थिएन । भट्ट डडेल्धुरा निर्वाचन क्षेत्र ९१० बाट निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धनका साझा उम्मेदवार रहनुभएका भट्टलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।

उहाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । नेकपा ९एमाले० नेतृत्वको नयाँ गठबन्धनमा समेत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिइने सम्भावना रहेको छ ।