१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

कांग्रेसमा जुन अलमल छ, त्यो रहँदासम्म जनताको विश्वास फर्काउन सकिन्न: महामन्त्रीद्वय थापा र शर्मा

कांग्रेसमा जुन अलमल छ, त्यो रहँदासम्म जनताको विश्वास फर्काउन सकिन्न: महामन्त्रीद्वय थापा र शर्मा
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले कांग्रेसमा अलमल रहेको त्यो रहँदासम्म जनताको विश्वास फर्काउन नसकिने जनाउनु भएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप” दिवसका अवसरमा एक सयुक्त अपिल जारी गर्दै उहाँहरुले पार्टीलाई यो अलमलबाट बाहिर निकाल्नै पर्ने र अहिलेको परिस्थितिलाई शक्तिमा वदलेर पार्टीलाई पुनर्जागृत गर्नुपर्ने जनाउनु भएको छ ।

अपिलमा अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनै पर्ने पनि जनाउनु भएको छ ।

अपिलको पूर्णपाठ

प्रतिकुलतामा गम्भीरता, नविनताको प्रतिवद्धता

आज पौष १६ गते– नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक दिन । वि।सं। २०३३ सालमा आजकै दिन “राष्ट्रिय एकता तथा मेलमिलाप” को नीति लिएर जननायक वीपी कोइराला निर्वासनबाट स्वदेश फर्किनु भएको थियो । त्यसबेला सबै मिलेर हाम्रो देशको लोकतन्त्र, शान्ति र समुन्नतिमा योगदान दिन उहाँले गर्नु भएको आह्वान आज पनि उत्तिकै सान्दर्भिक छ । यो घडीमा हामी जननायक वीपीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वदेश र विदेशमा रहनुभएका नेपाली कांग्रेस पार्टीका समर्थक र शुभेच्छुक तथा सबै लोकतन्त्रवादी नेपाली दिदीबहिनी, दाजुभाइहरूमा त्यो संदेशको मर्मलाई आत्मसात गर्दै एकतावद्ध भएर हरेक चुनौतीको सामना गर्न आग्रहसहित हार्दिक अभिवादन गर्दछौं ।

१) गत मंसिर ४ मा सम्पन्न निर्वाचन पश्चात् मुलुकमा भिन्न राजनैतिक परिस्थिति निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । यस्तो नहुनु पथ्र्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वभाविक होइन ।

यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको ईमानदार समीक्षा गर्ने । दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ ।

२) नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौं । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु¥याउन नसक्दा केवल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौं । हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन । नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भुमिका निर्वाह गर्नेछ । राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ ।

३) नेपाली कांग्रेसले आफ्नो गौरवशाली इतिहासमा यस्ता अनेकौं चुनौती र अफ्ठ्यारा मोडहरु सामना गरेको छ, तर हर चुनौतीलाई चिरेर दृढतापुर्वक अघि बढेको छ र देशलाई सफलतापूर्वक निकास दिएको छ । त्यसैले अहिलेको परिस्थितिलाई पनि संकटका रूपमा लिएर हताश हुने छुट हामीलाई छैन, बरु यसलाई पार्टीको शुद्धिकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत हामीले प्रस्तुत गर्नुछ ।

४) कांग्रेसमा आज जुन अलमल छ, त्यो रहँदासम्म जनताको विश्वास फर्काउन सकिन्न । पार्टीलाई यो अलमलबाट बाहिर निकाल्नैपर्छ, अहिलेको परिस्थितिलाई शक्तिमा वदलेर पार्टीलाई पुनर्जागृत गर्नैपर्छ । त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनै पर्नेछ । विधानत, पार्टीमा वनाउनुपर्ने सवै संरचनाहरू र भातृ तथा सुभेच्छुक संस्थाहरुको विधिसम्मत पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम संचालन गर्ने, विधान बमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अबिलम्ब गर्नुपर्नेछ । यसलाई तदारुकताका साथ अगाडि वढाउने छौं ।

५) कार्यकर्ता पंतिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनस्र्थापित गर्नेगरी पार्टीलाई दिशा निर्देश गर्न पार्टीमा आत्मसमीक्षा गरेरमात्रै पुग्दैन त्यसलाई सच्याउँदै आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । “बदलिएको कांग्रेस र बलियो कांग्रेस” को सुस्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हामी हरेकले फेरि एकचोटी जुर्मुराउनु पर्नेछ । यस अवस्थामा पार्टीको केन्द्र देखि टोलसम्म, भातृसंस्थाहरु देखि शुभेच्छुक संस्थाहरुसम्म, पेशागत बुद्धिजीवीहरुदेखि श्रमिक र किसानसम्म, स्वदेशको गाउँदेखि परदेशको मरुभूमिसम्म हामी जो जहाँ छौं, त्यहीँबाट संस्थागत या व्यक्तिगत रुपमा गर्न सक्ने योगदानका लागि थप उत्साह, एकता र रुपान्तरणको भावनासाथ अघि बढ्न हामी अपील गर्दछौं ।

६) आजको समयसम्म आइपुग्दा वैचारिक रुपान्तरणले होस् या बाध्यताले नेपालका प्राय सबै राजनैतिक दल संसदीय लोकतान्त्रिक परिपाटीमा समाहित भएका छन् । लोकतान्त्रिक मार्ग नेपालको राष्ट्रिय एकताको साझा अठोट र साझा मार्ग बन्दै गएको छ । यसमा हामीले सन्तोष मान्नुपर्छ किनकि मुलतः यो वीपी कोइरालाको राजनैतिक विचार र प्रभावको विजय हो । तर यसै व्यवस्था भित्र जन्मिन सक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न नेपाली कांग्रेस सदैब सजग रहनुपर्छ, रहनेछ ।

७) “राष्ट्रिय एकता र मेलमिलाप” को आधार हिजोको समयमा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक प्रणाली थियो । सन्तुलित बाह्य सम्बन्ध, सबल राष्ट्रियता, सुदृढ लोकतन्त्र र सुशासनको मार्गबाट नेपालको समुन्नति संभव छ भन्ने मान्यता आजको मेलमिलापको आधार र विश्वास हो भन्ने तथ्यमा हामी प्रष्ट र दृढ छौं । त्यो यात्रामा हामी अविचलित ढंगले समर्पित रहनेछौं ।

जय नेपाल !
विश्वप्रकाश शर्मा गगनकुमार थापा