२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा



अ+ अ-

पोखरा । चर्च ब्वाइज युनाईटेड फुटबल क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरे ।

२५ औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिदा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाएका हुन् ।

अन्जन र अनन्त चर्च ब्वाइजका लागि डेब्यु खेलमै गोल गर्न सफल रहे । अब चर्च ब्वाइजले क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्नेछन् ।