५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात चम्किलो बनाउन अप्नाउँनुहोस् यी ५ तरिका



अ+ अ-

१) काँचो दूध : हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ ।

२) कागती :  कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ ।

३)  गोलभेँडाको रस :  गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने । केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ ।

४)  आलुको रस :  काँचो आलुको रस निकालेर हातमा लगाउने । लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने । एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ ।

५)  बेसन :  चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने । १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ ।

(एजेन्सीको सहयोगमा)