२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र विकास बोर्डको समिति सदस्यमा पूजा शर्मा



अ+ अ-

काठमाडौं । चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ ।

अभिनेत्री शर्मालाई हालै बसेको बोर्डको बैठकले ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम नियुक्त गरेको हो ।

विज्ञप्तिमा महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैङ्गिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागी सशक्तीकरणका कामहरु सञ्चालन गर्न ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम सशक्तीकरण सदस्य पदमा मनोनयन गरिएको उल्लेख गरेको छ।

बोर्डले बुधवार मात्र बोर्डको सल्लाहकार समितिमा गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।