२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगको मिति तोक्न एन्फा र क्लब बैठक बस्दै



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मिति तोक्न आज बिहीबार बैठक बस्दै छ ।

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक एन्फा कम्प्लेक्समा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

एन्फाले छलफलको लागि लिगको मिति तय गर्न शीर्ष डिभिजनको लिग खेल्ने १४ क्लबलाई बैठकमा डाकेको हो ।

गत हप्ता बसेको बैठकले आज लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए । यसअघि एन्फाले शीर्ष डिभिजनको लिग पुस २८ गतेबाट गर्ने निर्णय गरेको थियो ।

तर, क्लबहरुले तयारी खर्च नपाएको भन्दै तोकिएको मितिमा लिग खेल्ने अस्विकार गर्दै आएको छ । यस्तै क्लबले खेलाडी दर्ता समेत गरेको छैन ।