• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने ★   प्रतिनिधिसभाको बैठक आज, रवि लामिछानेले बोल्ने कार्यसूची, कांग्रेसले नदिने ★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला

बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस



काठमाडौँ । अवैध कारोबार गरेको आशंकामा नियन्त्रणमा लिइएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर केसी आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले यस बिषयमा छानबिन सुरु गरेको थियो।

डिएसपी केसीले व्यापारीसँग सुन नियन्त्रणमा लिई उल्टो २५ लाख मागेको र सोही अनुसारको रकम बुझाए पनि सुन आफैँले राखेको बताइएको छ ।

प्रहरीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ ।