१८ श्रावण २०८३, सोमबार
,
Latest
इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए विभिन्न पाँच समितिको बैठक बस्दै इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस



अ+ अ-

काठमाडौँ । अवैध कारोबार गरेको आशंकामा नियन्त्रणमा लिइएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर केसी आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले यस बिषयमा छानबिन सुरु गरेको थियो।

डिएसपी केसीले व्यापारीसँग सुन नियन्त्रणमा लिई उल्टो २५ लाख मागेको र सोही अनुसारको रकम बुझाए पनि सुन आफैँले राखेको बताइएको छ ।

प्रहरीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ ।