• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीनमणि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा नियुक्त हुन लाग्नुभएका पोखरेलले माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गर्नुभएको थियो ।

सर्वोच्च अदालतको न्यायाधीशको समेत दाबेदार रहेका पोखरेलले अहिलेसम्म कुनै महत्त्वपूर्ण अवसर पाउनुभएको थिएन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि उहाँलाई प्रधानन्यायाधीशले शपथ गराउनु हुनेछ ।