१८ श्रावण २०८३, सोमबार
,
Latest
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने, कार्यविधिमाथि सञ्चारमन्त्रीद्वारा सरोकारवालासँग छलफल सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल सुर्खेतको मालिका सामुदायिक वनमा ३९ लाख हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा १० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ,सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ मधेशका हिंसात्मक घटनाप्रति नेसनल प्याब्सनको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य छ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य वृद्धि हुँदा १० उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका मध्ये ७६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने एक सय २४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कुल ३१ लाख ११ हजार आठ सय ३३ कित्ता सेयर रु एक अर्ब ११ करोड ९७ लाख ९७ हजार नौ सय २१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु १४ करोड ९९ लाख ५० हजार तीन सय ४६ बराबरको सेयर कारोबार भयो । एनआइसी एसिया बैंक रु पाँच करोड ६९ लाख ६५ हजार तीन सय २४, नबिल बैंक रु पाँच करोड ३१ लाख ६६ हजार छ सय ९८, हिमालयन डिस्टिलरी रु चार करोड ८१ लाख १३ हजार नौ सय ४६ र शिवम् सिमेन्ट रु तीन करोड ९९ लाख ९५ हजार चार सय ८५ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिर्जनशील लघुवित्त र धवलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त आठ दशमलव १९, कालिका पावर कम्पनी आठ दशमलव १५ र नेरुडे लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै आँधीखोला लघुवित्त सात दशमलव ७०, बलेफी हाइड्रोपावर पाँच दशमलव ४९, सोल्टी होटल चार दशमलव ७६, इस्टर्न हाइड्रोपावर तीन दशमलव ९९ र ग्रीन डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव २० प्रतिशतले गुमाएका छन् ।




भर्खरै