७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको खुलासा

मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको खुलासा
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा व्याप्त खानेपानीको अभाव र जलस्रोत व्यवस्थापनको समस्या समाधानका लागि दीर्घकालीन र दिगो योजना आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ पेश गर्दै उक्त सुझाव दिनुभएको हो ।

प्रतिवेदनकाअनुसार मधेस प्रदेशमा भूमिगत जलस्तरमा भएको तीव्र गिरावटले गर्दा खानेपानी आपूर्ति र कृषि क्षेत्रमा गम्भीर संकट निम्तिएको छ । जलवायु परिवर्तनका कारण वर्षाको ढाँचामा आएको परिवर्तन, चुरे भावर क्षेत्रको विनाश र अत्यधिक दोहनका कारण जल पुनर्भरण प्रक्रिया अवरुद्ध हुँदा भूमिगत जलस्तर औसतमा २ देखि ३ मिटरसम्म घटेको प्रतिवेदनमा उल्लेख छ ।

हाते पम्पहरू सुक्दा ६० प्रतिशत जनता प्रभावित

अध्ययनले मधेस प्रदेशका आठवटै जिल्लामा भूमिगत जल सतह घटेको देखाएको छ । विशेषगरी पश्चिमी र मध्य भागका जिल्लाहरूमा जलस्तर ३ मिटरभन्दा बढीले तल झरेको छ । जसका कारण ६० प्रतिशतभन्दा बढी हाते पम्प, इनार र ट्युबवेलहरूबाट पानी आउन छाडेको छ । धनुषाको हंसपुर जस्ता स्थानमा त ९० प्रतिशतसम्म हाते पम्पहरू सुकेको भयावह अवस्था प्रतिवेदनले औँल्याएको छ ।

यस संकटले स्वास्थ्य संस्था, विद्यालय र स्थानीय जीविकोपार्जनमा समेत नकारात्मक असर पारेको सभापति पौडेलले जानकारी दिनुभयो । सन् २०२५ को खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा करिव ३ हजार ६ सय ७५ मिलियन घनमिटर कमी आएको र यो केवल मौसमी परिवर्तन मात्र नभई प्राकृतिक पुनर्भरण र मानविय दोहनबीचको असन्तुलनको परिणाम भएको प्रतिवेदनमा उल्लेख छ ।

चुरे संरक्षण नै दिगो समाधान

प्रतिवेदनले मधेशको भूमिगत जल प्रणालीको मेरुदण्डका रूपमा रहेको चुरे भावर क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । वन विनाश, गिट्टी–बालुवाको अनियन्त्रित उत्खनन र भू–उपयोगमा आएको परिवर्तनले जलभृत (ब्त्रगषभच) पुनर्भरण प्रक्रिया उल्लेखनीय रूपमा घटेको जनाइएको छ ।
समितिले अव्यवस्थित अनुगमन प्रणाली, स्थानीय तहमा बजेटको अभाव र निर्माणाधीन खानेपानी आयोजनाहरूको कमजोर गुणस्तरलाई पनि समस्याको कारक मानेको छ ।

सरकारलाई समितिको सुझाव

समितिले सरकारलाई केवल आपत्कालीन राहतमा मात्र सिमित नभई जल सुरक्षाका लागि स्पष्ट नीति र योजना तर्जुमा गर्न सुझाव दिएको छ । प्रतिवेदनमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुरक्षाका क्रियाकलापहरू समावेश गरिएका छन् ।

समितिले युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेसको प्राविधिक सहयोग र विभिन्न सरोकारवाला निकायहरूसँगको छलफलका आधारमा यो प्रतिवेदन तयार पारेको हो । मधेस प्रदेश सरकारले २०८२ असार २६ गते प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको र नेपाल सरकारले समेत सोही वर्षको साउनमा मधेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा समितिले यो अध्ययन गरेको थियो ।

सभापति पौडेलले प्रतिवेदन तयारीमा सहयोग पु¥याउने उपसमिति, प्राविधिक टोली र सरोकारवालाहरूलाई धन्यवाद दिँदै यसमाथि सदनमा गहन छलफल हुने र सरकारले कार्यान्वयनमा तदारुकता देखाउने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल