९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका हिंसात्मक घटनाप्रति नेसनल प्याब्सनको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले मधेश प्रदेशका विभिन्न स्थानमा पछिल्लो समय भइरहेका हिंसात्मक घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

नेशनल प्याब्सन केन्द्रीय कार्यसमितिको काठमाडौंमा सम्पन्न चौथो पूर्ण बैठकले जातीय, धार्मिक वा सामुदायिक नाममा हुने कुनै पनि प्रकारको हिंसा सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने ठहर गरेको हो। बैठकले सबै पक्षलाई संयमता अपनाउँदै आपसी संवाद, सहिष्णुता, सद्भाव तथा कानुनी शासनको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।

२०८३ साल श्रावण १६ र १७ गते दुई दिनसम्म चलेको बैठकमा नेपालको समग्र शैक्षिक अवस्था, संस्थागत विद्यालयको गुणस्तर अभिवृद्धि, शिक्षकको पेशागत विकास, विद्यार्थीकेन्द्रित शिक्षण–सिकाइ, प्रविधिमैत्री शिक्षा, संगठन सुदृढीकरणलगायत शिक्षा क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल भएको नेशनल प्याब्सनले जनाएको छ।

बैठकले वर्तमान परिस्थितिले समाजमा त्रास र असहजता सिर्जना गर्न सक्ने भन्दै त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा समेत पर्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ। देशभरका विद्यालयमा नियमित, सुरक्षित र शान्तिपूर्ण शैक्षिक वातावरण कायम राख्न सम्बन्धित सबै पक्षलाई नेशनल प्याब्सनले अनुरोध गरेको छ।

त्यस्तै, अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, पारस्परिक सम्मान र राष्ट्रिय एकताको पक्षमा दृढ रहन अपिल गरिएको छ।

नेशनल प्याब्सनले हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा दीर्घकालीन शान्ति र सद्भाव कायम गर्न प्रभावकारी पहल गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

नेशनल प्याब्सनले गुणस्तरीय शिक्षा, सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्तिपूर्ण समाज निर्माणप्रति आफू सधैँ प्रतिबद्ध रहेको जनाएको छ। साथै, सबै सरोकारवालालाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।




भर्खरै