१८ श्रावण २०८३, सोमबार
,
Latest
राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ मधेशका हिंसात्मक घटनाप्रति नेसनल प्याब्सनको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको… राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रश्तुत लुम्बिनी विकास कोषमा चरम भ्रष्टाचार र सम्पदा नष्ट गरिएको ‘लुम्बिनी बचाउ महाअभियान’को आरोप उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन : पूर्वअर्थमन्त्री खनाल जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीलाई रोजगारीसँग जोड्न तालिम र अवसर उपलब्ध गराउने निर्णय



अ+ अ-

काठमाडौं । सुकुम्बासी व्यवस्थापनका क्रममा विभिन्न होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई रोजगारीका अवसरसँग जोड्न आवश्यक तालिम तथा रोजगारीको प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान समितिका प्रतिनिधिबीच भएको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा भक्तपुरको खरिपाटी, बोडे तथा चाँगुनारायण, काठमाडौंको रानीवन र काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुम्बासीको रोजगारी तथा तालिम आवश्यकतासम्बन्धी मूल्याङ्कनको नतिजामाथि छलफल गरिएको थियो।

मूल्याङ्कनका क्रममा सहभागीहरू सरसफाइ, माली, साना व्यवसाय सञ्चालन, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङलगायतका क्षेत्रमा रोजगारी गर्न इच्छुक रहेको पाइएको थियो।

बैठकले इच्छुक व्यक्तिहरूलाई सम्बन्धित क्षेत्रमा रोजगारीका अवसरसँग आबद्ध गराउन पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गर्ने निर्णय गरेको छ। त्यसका लागि तालिम प्रदायक संस्थामार्फत आवश्यक तालिम प्रदान गरी रोजगारीमा जोड्ने प्रक्रिया तत्काल अघि बढाइने जनाइएको छ।

बैठकमा मन्त्री यादवले सुकुम्बासीलाई रोजगारी प्रदान गर्न सबै सम्बन्धित निकायले उच्च प्राथमिकताका साथ पहल गर्नुपर्ने धारणा राखे।

बैठकमा मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटलगायतको उपस्थिति थियो।




भर्खरै