६ श्रावण २०८३, बुधबार
,
Latest
हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुको शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ ग्रहणको तयारी भइरहेको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । राणालाई हिजो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनुभएको थियो ।

१६ भाषामा हुनेछ शपथ

संसद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यस पटक २६ पुगेको छ। सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्।

१६ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्। एक जना सांसदले संस्कृत भाषामा समेत शपथ लिने हुनुभएको छ ।

https://www.facebook.com/NewsAgencyNepal/videos/3305435366442582




भर्खरै