• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला ★   सन्दीप टिममा जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छ: पारस खड्का (अन्तरवार्ता) ★   लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा ! ★   उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी ★   शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी ★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति

राप्रपाले रवीन्द्र मिश्र समूहबाट एकतामा सहभागी नेताहरुलाई दियो जिम्मेबारी



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रवीन्द्र मिश्र समूहबाट एकतामा आएका नेताहरुलाई जिम्मेबारी दिएको छ । राप्रपामा यसअघि नै मिश्रले वरिष्ठ उपाध्यक्षको जिम्मेबारी पाइसकेका छन् ।

मिश्र समूहबाट पार्टी एकतामा आएकालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिमा समेत समावेश गरेका छन् । उक्त समितिमा मिश्रसहित शरदराज पाठक, निरुपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्णबहादुर शाही तथा नारायण कोइरालालाई समावेश गरिएको छ ।

पाठकलाई महामन्त्री, उज्ज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनीलाई सहमहामन्त्री, हरिकृष्ण अधिकारी तथा सौरेन्द्रबहादुर शाहलाई सहायक महामन्त्रीको जिम्मेबारी तोकिएको छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मिश्र समूहका अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवप्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपकप्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन सिवाकोटी, लक्ष्मणराज सिटौला, सुशीला देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुसाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ र राजु बस्याल रहनुभएको छ ।

मिश्र समूहबाट केन्द्रीय सदस्य बन्नुभएकी लक्ष्मी घिमिरेलाई राप्रपाले समानुपातिक कोटाबाट बागमती प्रदेशसभाको सदस्यसमेत बनाएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार एकतामा आएका मिश्र समूहका नेताहरुलाई केहीअघि नै जिम्मेबारी दिइएको भए पनि चुनावी व्यस्तताका कारण सार्वजनिक गर्न ढिलाइ भएको थियो ।