२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको फ्यानको यस्तो हेयरस्टाइल, अनुपम खेरले भने – मेरो पनि कपाल भए…



अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन बन्यो । यो विश्वकप जितसँगै लियोनल मेसीको त्यो सपना पनि पूरा भयो जुन उनले १६ वर्षअघि २००६ मा पहिलो विश्वकपमा देखेका थिए ।

मेसीको यो पाँचौं विश्वकप हो । उनको जितको खुसीयालीमा विश्वभरबाट उत्सव मनाइयो । यसैबीच, एक फ्यानले कपाल काटेर उनको तस्बिर समेत लगाएका छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो शेयर गर्दै बलिउड अभिनेता अनुपम खेरले लेखेका छन्– ‘यदि मेरो कपाल भएको भए म पनि यसरी कपाल काट्न सक्थें ।’

यो भिडियोमा धेरैको प्रतिक्रिया आइरहेको छ । अहिलेसम्म यो भिडियोलाई ९० हजारभन्दा बढीले हेरिसकेका छन् । भिडियोमा धेरैको कमेन्ट पनि आइरहेको छ । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्– ‘निकै राम्रो भिडियो ।’ कमेन्ट गर्दै अर्का प्रयोगकर्ताले लेखेका छन् – ‘ म पनि सहमत छु सर ।’