९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीरका लागि आवश्यक क्याल्सियम यसरी प्राप्त गर्नुहोस् !



अ+ अ-

काठमाडौं । दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै भर पर्नुपर्छ भन्ने पनि छैन ।

क्याल्सियम प्राप्त गर्न यी खाद्य उपयोगी हुन्छन् :

तिल : अचारमा प्रयोग हुने तिल शक्तिवद्र्धक खाद्य सामग्री हो । यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ । एक औँस तिलमा २ सय ७७ मिलिग्राम क्याल्सियम पाइन्छ ।

टुसा पलाएको भटमास : हामी भटमास उसिनेर, भुटेर खान्छौँ । विभिन्न सांस्कृतिक पर्वमा भटमास टुसा आउने गरी भिजाएर दाल बनाएर खाने चलन छ । यसरी टुसा आएको भटमासमा पनि प्रशस्त क्याल्सियम पाइन्छ । आधा कप टुसा पलाएको भटमासमा दुई सय ३० मिलिग्राम क्याल्सियम हुन्छ ।

सेल्मन माछा : हामी सबैलाई थाहा छ, माछामा क्याल्सियम हुन्छ । तर, सेल्मन जातको माछामा अन्यभन्दा बढी क्याल्सियम हुन्छ । एउटा सेल्मन माछामा दुई सय १२ मिलिग्राम क्याल्सियम पाइन्छ ।

काँक्रो, बन्दाकोबी : हरियो काँक्रो, बन्दाकोबी पनि क्याल्सियम बढी हुने तरकारी हो । यसलाई सब्जीको रूपमा भन्दा जुस बनाएर खाँदा बढी क्याल्सियम पाइने चिकित्सकहरू बताउँछन् । एक कप झोल बनाएर पिउँदा एक सय ८८ मिलिग्राम क्याल्सियम पाइन्छ ।

बदाम : मानिसलाई शक्ति दिने खाद्यवस्तुमध्ये बदाम पनि एक हो । यसमा मिनरल र क्याल्सियम दुवै उच्च मात्रामा पाइन्छ । एक मुठी बदाममा ७२ मिलिग्राम क्याल्सियम पाइन्छ  ।

(एजेन्सीको सहयोगमा)