५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक दुई घण्टा उभिए भइन्छ ‘स्वस्थ र फिट’



अ+ अ-

काठमाडौं । एक नयाँ अध्ययनले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ ।

कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ ।

कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ । अध्ययनले कम्तीमा पनि दुई घण्टा र यो समय विस्तारै बढाएर ३ देखी ४ घण्टासम्म पुरयाउनुपर्ने सुझाव दिएको छ ।

उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ । अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखी ८० प्रतिशत मानिसहरु बसी बसी काम गर्ने वा बसेर वित्ने देखिएको छ । यसले गर्दा कर्मचारीहरु छिटै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ ।

अध्ययनले बसेर काम गर्नेलाई ३० ४० मिनेटको अन्तरमा शरीर तत्काउने गर्नु भन्दै सुझाव दिएको छ । कर्मचारीलाई बसेर उभिएर काम गर्ने बाताबरण बनाउन सके त्यसले उत्पादकत्वमा निकै बृद्धि हुने सुझाव दिएको छ । (एजेन्सीको सहयोगमा)