६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संचारकर्मी सुनिल कोइरालाको तीज कोशेली “पीया राजै”



अ+ अ-

काठमाडौं । नेपालीहरुको विभिन्न चाडपर्वहरुमा सांगितिक कोशेली पस्कदै आएका संचारकर्मी सुनिल कोइरालाले यस बर्षको तीजलाई लक्षित गरी “पीया राजै” तीज गीत बजारमा ल्याएका छन् । 
     
“पीया राजै” गीतले जन्मघर तथा माईती घरको सम्झना र मायालाई गीतका पंक्तिद्धारा नारीे मनोभाव ब्यक्त गर्न खोजेको देखिन्छ । श्रीमान र श्रीमतीको माया र विश्वासलाई पनि शब्दले कुशल ढंगले उनेको छ । गीतकार कोइरालाले विभिन्न विम्बहरुको प्रयोग गरी जीवनलाई सुन्दर र रमाईलो गरी कसरी जिउन सकिन्छ भन्ने सन्देश प्रस्तुत गरेका छन् । सुनिल भन्छन्ः वास्तविक विम्बहरुको प्रयोग भएको यो गीत नारी, पुरुष सबैमा सकारात्मक चेतना फैलाउने उद्देश्यले सृजना गरिएको हो । 

उत्तेजक, भड्किलो, निराशावादी र गाली गलौंच मात्र होईन गीतले समग्रताको आनन्द पनि बोल्नुपर्दछ भन्ने मान्यताको जगमा यो गीत रचना गरेको उनी बताउँछन् । यस गीतमा कम्पोज÷एरेन्ज÷मिक्सिङ्ग गरेका बिपिन आयार्च भन्छन्ः सकेसम्म गीतलाई नाँचु नाँचु लाग्ने खालको बनाएको छु, हेरौं प्रतिक्रिया कस्तो आउँछ ।

“पीया राजै” गीतमा गंगा लामिछानेको स्वर रहेको छ भने यस गीतका निर्माता प्रधुम्न भट्टराई हुन । गीतको भिडियो निर्देशन-कोरियोग्राफी प्रविन थापाले गरेका छन् भने रबिना भण्डारी, राजाराम सिम्खडाको मुख्य अभिनय रहेको छ ।