२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संचारकर्मी सुनिल कोइरालाको तीज कोशेली “पीया राजै”



अ+ अ-

काठमाडौं । नेपालीहरुको विभिन्न चाडपर्वहरुमा सांगितिक कोशेली पस्कदै आएका संचारकर्मी सुनिल कोइरालाले यस बर्षको तीजलाई लक्षित गरी “पीया राजै” तीज गीत बजारमा ल्याएका छन् । 
     
“पीया राजै” गीतले जन्मघर तथा माईती घरको सम्झना र मायालाई गीतका पंक्तिद्धारा नारीे मनोभाव ब्यक्त गर्न खोजेको देखिन्छ । श्रीमान र श्रीमतीको माया र विश्वासलाई पनि शब्दले कुशल ढंगले उनेको छ । गीतकार कोइरालाले विभिन्न विम्बहरुको प्रयोग गरी जीवनलाई सुन्दर र रमाईलो गरी कसरी जिउन सकिन्छ भन्ने सन्देश प्रस्तुत गरेका छन् । सुनिल भन्छन्ः वास्तविक विम्बहरुको प्रयोग भएको यो गीत नारी, पुरुष सबैमा सकारात्मक चेतना फैलाउने उद्देश्यले सृजना गरिएको हो । 

उत्तेजक, भड्किलो, निराशावादी र गाली गलौंच मात्र होईन गीतले समग्रताको आनन्द पनि बोल्नुपर्दछ भन्ने मान्यताको जगमा यो गीत रचना गरेको उनी बताउँछन् । यस गीतमा कम्पोज÷एरेन्ज÷मिक्सिङ्ग गरेका बिपिन आयार्च भन्छन्ः सकेसम्म गीतलाई नाँचु नाँचु लाग्ने खालको बनाएको छु, हेरौं प्रतिक्रिया कस्तो आउँछ ।

“पीया राजै” गीतमा गंगा लामिछानेको स्वर रहेको छ भने यस गीतका निर्माता प्रधुम्न भट्टराई हुन । गीतको भिडियो निर्देशन-कोरियोग्राफी प्रविन थापाले गरेका छन् भने रबिना भण्डारी, राजाराम सिम्खडाको मुख्य अभिनय रहेको छ ।