• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी: बाँझो रहन्न खेतबारी’ ★   प्रभु बैँक लि.र आगन्तुक रिसोर्ट बीच विशेष छुट सम्झौता ★   तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द ★   मौसममा खराबी आएपछि वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिए ★   नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम ★   एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित ★   काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने ★   न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश ★   नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो ★   प्रतिनिधिसभा बैठकमा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने

मनोनयन दर्तापछि देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आह्वान(भिडियोसहित)



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको गगन थापाले आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्नुभएको छ ।

आफ्नो उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीहरुसँगै बोल्दै शान्त चित्तले उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “‘यो क्षणमा म विश्वास, अपेक्षा र अनुरोध गर्छु । देउवा, जसले भर्खरै उम्मेदवारी दर्ता गर्नुभयो, मेरो आग्रह छ कि दुई घन्टापछि शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुभयो भने कांग्रेसका लागि ऐतिहासिक हुन्छ र त्यसले पार्टीमा उत्साहको सञ्चार गर्छ ।”

पार्टी महामन्त्रीसमेत रहनुभएका थापाले आफ्ना प्रस्तावकका रुपमा रहनुभएका डा शेखर कोइराला र समर्थक विश्वप्रकाश शर्मालाई दायाँबायाँ राखेर कांग्रेसको भविष्य हेरेर आफूलाई सघाउन अन्य वरिष्ठ नेता र सांसदहरुलाई अनुरोध गर्नुभयो ।

कांग्रेस संसदीय दलको निर्वाचनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिएको उहाँले बताउनुभयो । नेता थापाले आफूलाई समर्थन गरेकामा डा शेखर कोइरालाप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले भविष्यप्रति चिन्ता गरेर आफूलाई सघाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत नेताहरुलाई आग्रह गर्नुभयो ।