२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष र उपसभामुख बिच द्विपक्षीय भेटवार्ता सङ्घीयता कार्यान्वयनसँग जोडिएका ४० बढी कानून पारित गर्ने कुरा सरकारको प्राथमिकतामाः गगन थापा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ: अध्यक्ष दाहाल निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं: राजेन्द्र लिङ्देन बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी धुलोरहित सडक निर्माण कार्यको अनुगमन : उपप्रमुखबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन्ः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



अ+ अ-

काठमाडौँ: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा गणतन्त्र आएपछि विकासका बहुआयामिक द्वारहरु खुलेका बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रर्दशनीको आज अवलोकनपछि उहाँले पूर्वाधार विकास, जलविद्युत्लगायत क्षेत्रमा बहुआयामिक विकासका द्वार खुलेका बताउनुभयो ।

“गणतन्त्र आएपछि केही पनि भएको छैन भन्ने जुन नकारात्मक भाष्य निर्माण भएको छ, त्यसलाई चिर्न प्रर्दशनमा राखिएका केही नमूना तस्बिरले महत्वपूर्ण सामग्रीका रुपमा काम गरेको छ”, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “गणतन्त्र आएपछि देशमा निरन्तर बहुआयामिक परिर्वतनका द्वारहरु खुलेका छन्, विकासका प्रयासहरु भएका छन्, कुनैमा नजिता प्राप्त भएको छ, कुनै निर्माणाधीन अवस्थामा छन् ।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालमा विकासको सम्भावना तथा विकास गर्न सकिन्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले स्पष्टरुपमा देखाएको बताउनुभयो । उहाँले नेपाल विकासको चरणमा प्रवेश गरेको तस्बिरले देखाएको बताउनुभयो । “राससले आयोजना गरेको ‘गणतन्त्रपछिको उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक फोटो प्रदर्शनी निकै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँका तस्बिर हेरेपछि नेपाल विकासको चरणमा छ भन्ने स्पष्ट हुन्छ ।”रासस

 




भर्खरै