• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   डेङ्गीका बिरामी बढेपछि सङ्खुवासभाका अस्पतालमा शय्या अभाव ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी ★   पेरिस ओलम्पिक: खेल बराबरमा सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित ★   स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दु:ख व्यक्त ★   सिमलताल दुर्घटना: कार्यदलले ११ दिनमा पनि सकेन काम, थप सात दिन माग ★   काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात ★   एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला ★   धरापमा जडिबुटीको मनोहरा निलो पुल र बुद्धनगरको धोविखोला पुल… ★   प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित



काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा तीन सय ८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित हुनुभएको छ ।

अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी हुनुभएको हो । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित हुनुभएको छ ।

मतदानमा छ सय ७९ जना सहभागी भएका थिए । धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गुर्नभएको थियो ।

जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी एक सय पाँच जना निर्वाचित भएका छन् ।