२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोनयन दर्तापछि देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आह्वान(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको गगन थापाले आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्नुभएको छ ।

आफ्नो उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीहरुसँगै बोल्दै शान्त चित्तले उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “‘यो क्षणमा म विश्वास, अपेक्षा र अनुरोध गर्छु । देउवा, जसले भर्खरै उम्मेदवारी दर्ता गर्नुभयो, मेरो आग्रह छ कि दुई घन्टापछि शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुभयो भने कांग्रेसका लागि ऐतिहासिक हुन्छ र त्यसले पार्टीमा उत्साहको सञ्चार गर्छ ।”

पार्टी महामन्त्रीसमेत रहनुभएका थापाले आफ्ना प्रस्तावकका रुपमा रहनुभएका डा शेखर कोइराला र समर्थक विश्वप्रकाश शर्मालाई दायाँबायाँ राखेर कांग्रेसको भविष्य हेरेर आफूलाई सघाउन अन्य वरिष्ठ नेता र सांसदहरुलाई अनुरोध गर्नुभयो ।

कांग्रेस संसदीय दलको निर्वाचनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिएको उहाँले बताउनुभयो । नेता थापाले आफूलाई समर्थन गरेकामा डा शेखर कोइरालाप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले भविष्यप्रति चिन्ता गरेर आफूलाई सघाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत नेताहरुलाई आग्रह गर्नुभयो ।