२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोनयन दर्तापछि देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आह्वान(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको गगन थापाले आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्नुभएको छ ।

आफ्नो उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीहरुसँगै बोल्दै शान्त चित्तले उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “‘यो क्षणमा म विश्वास, अपेक्षा र अनुरोध गर्छु । देउवा, जसले भर्खरै उम्मेदवारी दर्ता गर्नुभयो, मेरो आग्रह छ कि दुई घन्टापछि शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुभयो भने कांग्रेसका लागि ऐतिहासिक हुन्छ र त्यसले पार्टीमा उत्साहको सञ्चार गर्छ ।”

पार्टी महामन्त्रीसमेत रहनुभएका थापाले आफ्ना प्रस्तावकका रुपमा रहनुभएका डा शेखर कोइराला र समर्थक विश्वप्रकाश शर्मालाई दायाँबायाँ राखेर कांग्रेसको भविष्य हेरेर आफूलाई सघाउन अन्य वरिष्ठ नेता र सांसदहरुलाई अनुरोध गर्नुभयो ।

कांग्रेस संसदीय दलको निर्वाचनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिएको उहाँले बताउनुभयो । नेता थापाले आफूलाई समर्थन गरेकामा डा शेखर कोइरालाप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले भविष्यप्रति चिन्ता गरेर आफूलाई सघाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत नेताहरुलाई आग्रह गर्नुभयो ।




भर्खरै