८ श्रावण २०८३, शुक्रबार
,
Latest
रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीले एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यले आर्थिक विधेयकको धारा ५७ मा छुट दिने व्यवस्था गरे: पूर्वअर्थमन्त्री महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताउनुभएको छ ।

बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारको तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई निरासा जनक अवस्थामा पुर्‍याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने काम गरेको बताउनु भयो । उहाँले बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने खतरा देखिएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले बजेटमा ३ करोड भन्दा तलका योजना नराख्ने प्रतिवद्धता तोडेको बताउनु भयो । उहाँले बजेटमा मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरु अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको धारणा राख्नुभयो । उहाँले संसदमा भइरहेको मन्त्रालयगत छलफलले बजेटमा थप निरासा गराएको बताउनु भयो । उहाँले सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको उल्लेख गर्नुभयो । उहाँले अर्थमन्त्रीले आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर निहित उदेश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिने व्यवस्था गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पहिला देखि भन्दै आएको छु । सरकारको लगानी ठिक ठाउँमा गएको छैन । त्यसले गर्दा परिणाम आइरहेको छैन । आर्थिक वृद्धि भइरहेको छैन । संघ संस्थालाई पैसा नदिने भनेका थियौं । अहिले संघसंस्था र आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरु अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको छ । ३ करोड भन्दा तल बजेटका योजना नराख्ने कुरा अर्थमन्त्रीले तोड्नु भयो । अहिले जति मन्त्रालयगत छलफल चलिरहेको छ । उति ज्याँदा बजेटले निरासा गराएको छ । पूर्वाहपूर्ण र बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भए पनि नभए पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजन भएको छ । सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको छ । बजेटले आफू अनकुलको बजेट भएन भन्न बाहेक अरु केही रहेन्छ । आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर एउटा उदेश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिएका कुराहरु आइरहेका छन् । बजेट र सरकारको तीन महिना कार्यकाल समग्रमा नेपाली जनतालाई थप निरास बनाउने,अर्थतन्त्रलाई निरासा जनक अवस्थामा पुर्‍याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने निषर्क हो । बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने देखिइएको छ ।’

उहाँले सरकारले पूर्वाहपूर्ण ,बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भन्दा पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजन भएको धारणा राख्नुभयो ।