२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
अ अ+ अ-

मध्यविन्दु, (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ ।

जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताउनुभयो । विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उहाँले बताउनुभयो ।

“चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्”, उहाँले भन्नुभयो, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।”

दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताउनुभयो । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको उहाँले बताउनुभयो ।

“जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका २ र ३, विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रले चैतेधान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । “गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा यो वर्ष एक सय १५ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैतेधान प्रतिहेक्टर चारदेखि पाँच टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिनुभयो ।

“चैतेधानमा रोग तथा किरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”, उहाँले भन्नुभयो, “जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैतेधान रोप्ने गरिन्छ ।” रासस