काठमाडौँ । नेकपा माओवादी केन्द्रले यौन दुर्व्यवहारको आरोप लागेका केन्द्रीय सदस्य बद्री बजगाईंलाई निलम्बन गरेको छ ।
उनले माओवादी केन्द्रकै भातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको पाइएको छ ।
अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुव्यर्वहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।
ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको हो ।
बजगाईंमाथि छानबिनको जिम्मेवारी पाएको केन्द्रीय अनुशासन अयोगले काम थालेको छ । अनुशासन समितिले प्रतिवेदन बुझाएपछि उनीमाथि गरिने थप कारबाही तय हुने माओवादी केन्द्रले जनाएको छ ।