२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई तथा शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभयो ।

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताउनुभएको छ । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरणशक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पु¥याइरहनुभएको छ ।

शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको थियोे । “यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गरेको छु”, रासससँग कुरा गर्दै शर्माले भन्नुभयो, “आगामी दिनमा अझै विश्व कीर्तिमान राखेर नेपालको नाम विश्वसामु फैलाउने वाचा गर्दछु ।”




भर्खरै