९ असार २०८३, मंगलवार
,
Latest
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई तथा शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभयो ।

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताउनुभएको छ । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरणशक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पु¥याइरहनुभएको छ ।

शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको थियोे । “यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गरेको छु”, रासससँग कुरा गर्दै शर्माले भन्नुभयो, “आगामी दिनमा अझै विश्व कीर्तिमान राखेर नेपालको नाम विश्वसामु फैलाउने वाचा गर्दछु ।”




भर्खरै