३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

लाइन काटेर  दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
अ+ अ-

तनहुँ। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ।

सो अवधिमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए।

केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् लाइन काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ तथा आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय ३६ ग्राहकको लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता रकम असुल गरेको थियो।

आर्थिक वर्ष २०८२/८३ मा ८७ करोड ७६ लाख १३ हजार सात सय ८७ युनिट विद्युत् बिक्री गरेको छ। विद्युत् बिक्रीबाट रु एक अर्ब एक करोड ११ लाख १२ हजार एक सय २६ आम्दानी भएको इन्जिनियर आलेले बताए। सो अवधिमा एक हजार आठ सय ९५ नयाँ मिटर जडान गरिएको छ। ४९ वटा ट्रान्सफर्मर जलेपछि नयाँ ट्रान्सफर्मर जडान गरिएको तथा १० वटा नयाँ लोड सेन्टर थप गरिएको छ।

वितरण केन्द्रअन्तर्गत छ वटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, चार हजार तीन सय २८ किलोमिटर ०.४/०.२३ केभी वितरण लाइन तथा ६७३ वटा ट्रान्सफर्मर छन्।

वितरण केन्द्रले तनहुँका १० स्थानीय तह, कास्कीको रुपा गाउँपालिकाका वडा नं ३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिकाका वडा नं १, २, ३, ४ र ५ तथा नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा सेवा प्रवाह गर्दै आएको छ।

वितरण केन्द्रमा स्थायी ६०, दैनिक ज्यालादारी ३७, सेवा करार ३४, गोटागन्ती १९ र सुरक्षाकर्मी २० गरी एक सय ७० जना कार्यरत छन्।

केन्द्रले ११/०.४ केभीका लाइन विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा स्तरोन्नति, आवश्यकताअनुसार विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्ति तथा नयाँ मिटर जडान र मिटरसम्बन्धी गुनासो व्यवस्थापन गर्दै आएको छ।