१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता



अ+ अ-

काठमाडौँ। चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन् ।

स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार बेपत्ताहरूको खोजीका लागि अहिले सो क्षेत्रमा व्यापक उद्धार अभियान सञ्चालन भइरहेको छ ।

शनिवार बिहान ९ः३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरका उद्धारकर्मीहरूले विपद्ग्रस्त मुख्य क्षेत्र (कोर जोन) मा खोजी कार्य जारी राखेका छन् ।

उद्धार टोलीले मेसिनरी उपकरणका साथै मानवीय माध्यमबाट पनि घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाइएको छ ।

उद्धार कार्यमा संलग्न टोलीकाअनुसार अगस्ट २९, २०२६ को बिहानसम्म सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको स्थलगत टोलीले प्रभावित क्षेत्रको केन्द्रभागमा केन्द्रित रहेर खोजतलास कार्यलाई तिब्रता दिएको छ ।नेपा

ल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्येको एक केरुङमा गएको यो प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । हाल सो क्षेत्रको स्थिति र उद्धारको थप विवरण आउन बाँकी छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल