३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार

गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार
अ+ अ-

बाजुरा। परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोग तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्न बाजुराका एक सय ५६ किसानलाई प्रतिकिसान रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ।

प्रविधि तथा कृषि यान्त्रिकीकरण बढ्दै गएपछि गोरु पाल्ने क्रम घट्न थालेकाले किसानलाई गोरु पालनमा प्रोत्साहित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो।

प्रोत्साहन रकम पाउने किसानमा स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन जना रहेका छन्।

उक्त कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहबाट चार सय जनाले आवेदन दिएका थिए। आवश्यक कागजात जाँच गरी दुई सय जना छनोट गरिए पनि असार २५ गतेसम्म एक सय ५६ किसानले मात्रै आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूको बैंक खातामा प्रतिकिसान रु पाँच हजारका दरले रकम भुक्तानी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले जानकारी दिनुभयो।

“घरमा एक हल गोरु पालेर परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिएर छनोट गरी रकम उपलब्ध गराएका छौँ,” उहाँले भन्नुभयो, “दुर्गम गाउँबाट सदरमुकाम आउन सहज नभएकालाई सम्बन्धित पालिकामै आवश्यक कागजात बुझाउने व्यवस्था गरेका थियौँ।”

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि बाजुरामा रु १० लाख बजेट विनियोजन गरेको थियो।