३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली
अ+ अ-

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ।

उक्त कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँमा रहेका विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो।

सूचना अधिकृत खिमराज भुसालले बुधबार आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिए।

“काठमाडौँमा संकलन हुने राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा एकद्वार प्रणालीमार्फत संकलन गरिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष खटिएका काठमाडौँस्थित सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय र निर्देशनमा सामग्री व्यवस्थापन गरी सम्बन्धित पीडितसमक्ष पुर्‍याइनेछ,” उनले भने।

राहत सामग्री संकलन तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ। उनीसँग ९८४१७९८५४२ मा सम्पर्क गर्न सकिने उक्त कार्यालयले जनाएको छ।

यसैगरी, नगद सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा कार्यालयले उपलब्ध गराएको क्यूआरमार्फत मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

राहत सामग्री वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावितसम्म सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले एकद्वार प्रणाली अपनाइएको कार्यालयले जनाएको छ। रासस