२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिकमा त्रिपक्षीय प्रतिस्पर्धा जारी



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकमा अमेरिकी पौडी टोलीको प्रदर्शन सामान्य रहेको रहेको छ । मङ्गलवार भएका चार वटा स्पर्धामा अमेरिकाले एक स्वर्ण पदक जित्न सफल भयो । सेमिफाइनल सम्पन्न भएका दुई वटै स्पर्धामा अमेरिका कमजोर देखिएको  छ । अमेरिकाले स्वर्ण जित्ने लगभग  पक्का मानिएको १०० मिटर ब्रेस्टस्ट्रोकमा अमेरिकाकी लिली किंग भन्दा दक्षिण अफ्रिकाकी टाटजाना सोकमाकर उत्कृष्ट देखिएकी छिन् । 

सोमबार बिहान सम्पन्न  भएका  स्पर्धाका स्वर्ण पदक अमेरिकाको अलावा क्यानडा, बेलायत, र अस्ट्रेलियाले बाँडेका छन् । महिला १०० मिटर बटरफ्लाइमा क्यानडाकी म्यागी म्याकनेलले स्वर्ण पदक जितिन् भने चीनकी झाओओ झींगले रजत तथा अस्ट्रेलियाकी अम्मा म्याककोनले  कांस्य पदक जिते । 

१०० मिटर ब्रेस्टस्ट्रोकमा बेलायतका एडम पेट्टीले स्वर्ण पदक जिते भने नेदरल्यान्डका आर्मो क्रामेनेंगोले रजत तथा इटालीका निकोलाइ मार्टीनेग्रीले कांस्य पदक जिते । 
यसै गरी, सबेभन्दा प्रतीक्षित भिडन्तको रूपमा रहेको महिला ४  सय मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाका एरियन टिटमसले स्वर्ण जितिन् । ३०० मिटरसम्म लेडेकी भन्दा पछि रहेकी टिटमसले ३५० को दुरी  सकिँदा लेडेकीलाई पछि पारेकी  थिइन् । अन्तिम ५० मिटरमा टिटमस झनै बलियो देखिएकी थिइन् । सो स्पर्धामा चीनकी लि बिजींगले एसियाली कीर्तिमान सहित कांस्य पदक जितिन् । 

पुरुष चार गुणा समय मिटर फ्रिस्टाइल रिलेमा अमेरिकाले  स्वर्ण, इटालीले रजत तथा  अस्ट्रेलियाले कांस्य पदक जिते  
सोमबारको खेल जारी रहँदा अमेरिका तालीकामा दोस्रो स्थानमा उक्लेको छ । चीन ६ स्वर्ण सहित शीर्ष स्थानमा यथावतै छ भने भारोत्तोलनको स्पर्धा सकिँदा यो अग्रतालाई अझ फराकिलो बनाउने सम्भावना प्रबल रहेको छ । 

अमेरिका र जापान समान पाँच  स्वर्ण पदक सहित दोस्रो स्थानमा रहे  पनि सोमबार  साँझसम्म पदक तालीकामा यी दुई देशको स्थान  अनिश्चित  नै रहेको छ । 
जुडोमा सोमबार दुई स्वर्ण पदकको टुङ्गो लाग्ने छ । यसै गरी, सुटिङका दुई स्वर्ण पदकको टुङ्गो लाग्ने छ । यो स्वर्ण पदक सहित फेन्सिङका दुई तथा तेक्वान्दोको दुई स्वर्ण पदकको टुङ्गो लाग्ने छ ।जुडोको पदकले जापानको फेरी दोस्रो स्थानमा उक्लने अनुमान गरिएको छ ।  सोमबार नै जिम्न्यास्टिकको पुरुष टिम  फाइनलको स्वर्ण पदकको टुङ्गो लाग्ने छ । पुरुष क्यानोइ सालमको पदकको  टुङ्गो पनि सोमबार नै लाग्ने छ । पुरुष माउन्टेन बाइक क्रस कन्ट्रीको पदकको पनि सोमबार नै टुङ्गो लाग्ने  छ । 

स्केट  बोर्डिङको पदकको टुङ्गो पनि सोमबार नै लाग्ने छ । स्केट बोर्डिङमा पनि जापानले स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ ।