४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिकमा त्रिपक्षीय प्रतिस्पर्धा जारी



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकमा अमेरिकी पौडी टोलीको प्रदर्शन सामान्य रहेको रहेको छ । मङ्गलवार भएका चार वटा स्पर्धामा अमेरिकाले एक स्वर्ण पदक जित्न सफल भयो । सेमिफाइनल सम्पन्न भएका दुई वटै स्पर्धामा अमेरिका कमजोर देखिएको  छ । अमेरिकाले स्वर्ण जित्ने लगभग  पक्का मानिएको १०० मिटर ब्रेस्टस्ट्रोकमा अमेरिकाकी लिली किंग भन्दा दक्षिण अफ्रिकाकी टाटजाना सोकमाकर उत्कृष्ट देखिएकी छिन् । 

सोमबार बिहान सम्पन्न  भएका  स्पर्धाका स्वर्ण पदक अमेरिकाको अलावा क्यानडा, बेलायत, र अस्ट्रेलियाले बाँडेका छन् । महिला १०० मिटर बटरफ्लाइमा क्यानडाकी म्यागी म्याकनेलले स्वर्ण पदक जितिन् भने चीनकी झाओओ झींगले रजत तथा अस्ट्रेलियाकी अम्मा म्याककोनले  कांस्य पदक जिते । 

१०० मिटर ब्रेस्टस्ट्रोकमा बेलायतका एडम पेट्टीले स्वर्ण पदक जिते भने नेदरल्यान्डका आर्मो क्रामेनेंगोले रजत तथा इटालीका निकोलाइ मार्टीनेग्रीले कांस्य पदक जिते । 
यसै गरी, सबेभन्दा प्रतीक्षित भिडन्तको रूपमा रहेको महिला ४  सय मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाका एरियन टिटमसले स्वर्ण जितिन् । ३०० मिटरसम्म लेडेकी भन्दा पछि रहेकी टिटमसले ३५० को दुरी  सकिँदा लेडेकीलाई पछि पारेकी  थिइन् । अन्तिम ५० मिटरमा टिटमस झनै बलियो देखिएकी थिइन् । सो स्पर्धामा चीनकी लि बिजींगले एसियाली कीर्तिमान सहित कांस्य पदक जितिन् । 

पुरुष चार गुणा समय मिटर फ्रिस्टाइल रिलेमा अमेरिकाले  स्वर्ण, इटालीले रजत तथा  अस्ट्रेलियाले कांस्य पदक जिते  
सोमबारको खेल जारी रहँदा अमेरिका तालीकामा दोस्रो स्थानमा उक्लेको छ । चीन ६ स्वर्ण सहित शीर्ष स्थानमा यथावतै छ भने भारोत्तोलनको स्पर्धा सकिँदा यो अग्रतालाई अझ फराकिलो बनाउने सम्भावना प्रबल रहेको छ । 

अमेरिका र जापान समान पाँच  स्वर्ण पदक सहित दोस्रो स्थानमा रहे  पनि सोमबार  साँझसम्म पदक तालीकामा यी दुई देशको स्थान  अनिश्चित  नै रहेको छ । 
जुडोमा सोमबार दुई स्वर्ण पदकको टुङ्गो लाग्ने छ । यसै गरी, सुटिङका दुई स्वर्ण पदकको टुङ्गो लाग्ने छ । यो स्वर्ण पदक सहित फेन्सिङका दुई तथा तेक्वान्दोको दुई स्वर्ण पदकको टुङ्गो लाग्ने छ ।जुडोको पदकले जापानको फेरी दोस्रो स्थानमा उक्लने अनुमान गरिएको छ ।  सोमबार नै जिम्न्यास्टिकको पुरुष टिम  फाइनलको स्वर्ण पदकको टुङ्गो लाग्ने छ । पुरुष क्यानोइ सालमको पदकको  टुङ्गो पनि सोमबार नै लाग्ने छ । पुरुष माउन्टेन बाइक क्रस कन्ट्रीको पदकको पनि सोमबार नै टुङ्गो लाग्ने  छ । 

स्केट  बोर्डिङको पदकको टुङ्गो पनि सोमबार नै लाग्ने छ । स्केट बोर्डिङमा पनि जापानले स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ ।