२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको अन्तिम मस्यौदाकारहरु के सोच्तै होलान् ?



अ+ अ-

संविधानसभामार्फत एक हजार २०२ जना सभासदको नामबाट केही सीमित व्यक्तिको स्वार्थअनुरुप वर्तमान संविधान बनेको हो । शायद संसारको सबैभन्दा धेरै खर्च गरी निर्माण भएको संविधान पनि यही होला ।

यो संविधान कति कमजोर धरातलमा छ भन्ने कुरा बारम्बार उठ्ने गरेकै हुन् । अहिले यसका भ्वाङहरु क्रमश देखा पर्दैछन् ।

प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार संविधानमा कटौती गरियो । तर आफ्नोसहित सहमतिमा संविधानमा कटौती गरिएको त्यही अधिकारलाई तत्कालीन प्रधानमन्त्रीले प्रयोग गर्न खोज्दा अदालतले दुईपटक नै रोकिदियो ।

संविधानमा भएको अस्पस्टताकै कारण झण्डै दुई तिहाइको समर्थन रहेको सरकार ढलेर नौटंकी सरकार बन्नु पर्ने अवस्था आयो ।

अहिलेको चुनावबाट आएको संसद्को बनोटअनुसार अब झनै अनेकौँ नाटकहरु मञ्चन हुने अवस्थाको संकेतहरु देखिन थालिसकेका छन् ।

राष्ट्रपतिलाई कमजोर बनाउने गरी संविधान निर्माण गरियो ।

संविधानको पालन र संरक्षण गर्नु मात्र राष्ट्रपतिको कर्तव्य तोकियो । यो कर्तव्य पालना गर्दा अपनाउने प्रक्रिया र सीमाका बारेमा हालसम्म कुनै कानूनले बोलेको देखिँदैन ।

राष्ट्रपतिको भूमिकालाई आफ्नो स्वार्थअनुरुप प्रयोग गर्ने वा प्रयोग गर्न वाध्य गर्ने प्रयासहरु भइरहेका छन् । एकथरीले भन्छन् सरकारले जे पेश गर्यो त्यो स्वीकार गर्नु राष्ट्रपतिको दायित्व हो । अर्कोथरीले भन्छन् सरकारले जे पेश गर्यो त्यो स्वीकार गर्नु हुँदैन आफ्नो विवेक प्रयोग गर्नुपर्छ ।

यस सम्बन्धमा राष्ट्रपति कार्यालयको भूमिका पनि अस्पस्ट देखिँदै आएको छ ।

संविधान देशको शासन व्यवस्थाको मार्गदर्शक दस्तावेज हो । यसको प्रयोग गर्दै जाँदा आइपर्ने अफ्ठेराहरु क्रमशः सुधार गर्दै जान सकिने विषय हो ।

यसका लागि विद्यमान दस्तावेजलाई इमानदारीपूर्वक प्रयोगमा ल्याउनुपर्छ र आइपरेका समस्यालाई समाधान गर्दै जानुपर्छ ।
तर अहिलेको राजनीतिक नेतृत्व र तिनको कार्यशैलीले देशको हित हुने गरी संविधान संशोधन गरेर सुधार गर्ने सोच र हैसियत देखाउन सक्तैन ।

यही संविधानकै कारण देशको अस्तित्वमाथि नै संकट त आइपर्दैन भन्ने शंका पनि गर्न थालिएकोछ ।

विदेशीको इशारामा केही नेताहरुको स्वार्थअनुरुप संविधानको अन्तिम मस्यौदा गर्ने चार संदिग्ध अनुचरहरु (इलामे १, झापाली २ र गाेर्खाली १– यद्यपि गोर्खालीले संविधान निर्माण हुनासाथ आफ्ना मालिकको निर्देशन गलत भएको भनेर मालिकलाई छोडेर हिंडेको अवस्था पनि थियो) अहिले के सोच्तै होलान् ?

पूर्व सचिव शारदाप्रसाद त्रितालको फेसबुकबाट