३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासू–ससुरालाई पक्राउ गर्न माग गर्दै नेहा चौधरी सडक आन्दोलनमा



अ+ अ-

जनकपुरधाम । दाइजोलाई निहुँ बनाएर घरबाट निकालिएकी नेहा चौधरी सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा सहभागी भएकी छन् । उनले महोत्तरीको रामगोपालपुर सडकमा बिहीबार बिहान सडकमा आन्दोलन सुरु गरेकी हुन् । आन्दोलनमा कुमारी आमा निहारिका राजपुत पनि सहभागी छन् । विद्यार्थी र केही युवाको सहयोगमा उनीहरु सडकमा टायर बालेर आन्दोलनमा सहभागी भएका हुन् ।

सडक आन्दोलनपछि रामगोपालपुर चोकमा सवारी साधन आवागमन रोकिएको छ । विभिन्न स्थानमा टायर बालिएको छ । नेहा आफैँले सडकमा गुड्ने सवारी साधनलाई रोकेकी छन् । गत वर्ष फागुनमा रामगोपालपुर–५ का पंकज चौधरीसँग नेहाको विवाह भएको थियो । नेहाका परिवारले दाइजो र विवाहमा करोडौँ रकम खर्च गरे पनि दाइजो पुगेन भन्दै पंकजको परिवारले नेहालाई यातना दिएको थियो ।

श्रीमान् पंकजबाटै कुटिएकी नेहालाई माइती पक्षले उद्धार गरी अस्पतालमा उपचार गरेको थियो । नेहाले श्रीमान् पंकजविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् । उनले श्रीमान्सहित सासू र ससुरालाई पनि पक्राउ गर्न माग गर्दै घरेलु हिंसा र दाइजोसम्बन्धी मुद्दा दर्ता गराएकी हुन् । सासू र ससुराले मंगलबार साँझ घर पस्न खोज्दा नेहालाई अवरोध गरेपछि धर्ना दिएकी थिइन् ।

प्रहरीले चिकित्सकसमेत रहेका पंकजलाई भने पक्राउ गरेर हिरासतमा राखेको छ । नेहाले सासू र ससुरालाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै आन्दोलन सुरु गरेकी हुन् । प्रहरीले बेलुकासम्म पक्राउ गर्ने आश्वासन दिए पनि पक्राउ नगरेपछि आन्दोलन सुरु गरेकी हुन् । नेहाका सासू र ससुरा घरमा ताल्चा लगाएर फरार छन् ।