काठमाडौँ । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनको उमेरहदका कारण अनिवार्य अवकास हुन नौ महिना बाँकी थियो ।
संघीय संसद् सचिवालयको प्रशासन प्रमुखसमेत रहेका घिमिरेले घरायसी कारणले राजीनामा दिएको बताएका छन् । उनको राजीनामा बुधबार नै स्वीकृत भइसकेको छ ।
उनले संसद् सचिवालयका महासचिव डा भरतराज गौतमसमक्ष राजीनामा दिएका थिए ।