३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पुग्यो शेरबहादुर दाइ, अब निकास दिनुस्…

पुग्यो शेरबहादुर दाइ, अब निकास दिनुस्…
फाईल फोटो
अ+ अ-

निर्वाचनका सन्दर्भमा आममतदाताका घर दैलो चाहर्दै गर्दा यस पटकको आमनिर्वाचनमा मुख्यगरी प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यकताहरुले निकै फरक अनुभव गरे।

हुनत: आममतदाता के चाहन्छन् र राजनीतिक दलहरु र ती आवद्ध नेताहरुप्रतिको बढ्दो जनआक्रोसवारे प्रमुख दलहरुका स्थानीय नेता/कार्यकताहरु खासरुपमा बेखवर थिएनन्। तरपनि अघिपछि गाली गरेपनि चुनावको वेला मतदाताले न्याय गर्ने गर्दछन् भन्ने निष्कर्षस्थानीय नेता/कार्यकर्ताहरुमा थियो। भईगयो विपरित यसपटक।

आममतदाताले आफुहरुको धैर्यको वाधँ टुट्न लागेकोमात्र सकेंत गरेनन्, नया शक्तिहरु एवं स्वतन्त्र उम्मेदावारहरुपनि बलिया विकल्प छन् भन्ने सन्देशसमेत दिए। राजनीतिक विश्लेषकहरुका दृष्टिकोणमा यतिखेरको आमजनताको वार्निङ वेल प्रमुख दलहरुलाई अन्तिम पटक सुध्रिने मौका छ, सुध्रियनौ भने अर्को पटक तिमीहरुको अस्तित्व संकटमा पर्नेछ भन्ने थियो।

निर्वाचनको दौरानका घरदैलोमा प्रमुख दलहरुका स्थानीय नेता÷कार्यकर्ताहरुले यसपटक आममतदाताका अनेकौं प्रश्नहरुको सामना गर्नु पर्यो। आममतदाताका प्रश्नहरु थिए– भोट दिएर जिताएर पो के हुने रहेछ र? अहिलेसम्म जितेर गएकाले के नै गर्या छन् र? भोट दिनु भन्दा नदिनु वेश भएनर केही नगर्नेहरुलाई? न हाम्रो भविष्य वन्यो, न हाम्रा बच्चाहरुको कुनै भविष्य देखिन्छ? आखिर छोराछोरी विदेश नपठाई केही हुने रहेनछ? लगाएतका अनेकौं चोटिलो र वास्तविक प्रश्नहरुको प्रहार सहन गर्न सक्ने क्षमता प्रमुख दलहरुका नेता/कार्यकताहरुमा थिएन्। उनीहरु रक्षात्मक बन्दै अव गल्ति हुन दिने छैनौं भन्दै अर्को मतदाताको घरमा पुग्थे तर त्यहाँपनि त्यस्तै पेचिला प्रश्नहरुको घेरावन्दीमा उनीहरु पर्थे।

केही पहाडी जिल्लाहरु छोडेर वाकिँ अधिकांस जिल्लाका मतदाताले यसपटक नयाँ उम्मेदवारतर्फ ईच्छा जाहेर गरे थोरै/धेरै मत नै किन नहोस्। त्यतिमात्र होईन अधिकांस निर्वाचन क्षेत्रमा नया उदाएका शक्तिहरु तथा उम्मेदवारले प्राप्त गरेको मतले यसपटक प्रमुख दलहरुका उम्मेदवारको जित÷हारमा अहं असर गर्यो। प्रमुख दलहरुका उम्मेदवारले ढुक्कले जित्न सक्ने आकलन यसपटक गर्न सकेनन्।

नया शक्तिहरु तथा स्वतन्त्र उम्मेदवारहरुले जितेका क्षेत्रहरु भलै धेरै नभएपनि उनीहरुको सानो–ठूलो उपस्थितीले पुराना र ठूला भनिएको दलहरुको जित–हारमा निर्णायक भूमिका खेल्यो अधिंकांस निर्वाचन क्षेत्रहरुमा। निवार्चनको नतिजा पश्चात बसेका प्रमुख दलहरुका औपचारिक तथा अनौपचारिक बैठक एवं भेटघाटहरुमा जनताको आक्रोस र नया शक्तिहरु प्रति जन आर्कषणवारे छलफल चलेपनि खासै गम्भिरता र मिहिन विश्लेषण नभएको बताईन्छ।

ठूला दलहरुका केही नेताहरुले नया शक्तिहरुको हावाहुरी क्षणिक हो भन्ने जस्ता गैरजीम्मेवार अभिव्यक्तिहरु प्रकट गर्दै गरेको देखिन्छ। यस्ता बक्तव्यहरुले दलहरुप्रति आमनागरिकमा थप आक्रोस बढ्न थाल्छ।

वि.स. २०४६ साल यताको अवस्था हेर्दा प्रमुख दलहरुका अनैकौं कमजोरी एवं जनघाती कदमहरुवाट जनता जतिसुकै आजित भएपनि दलहरु सुध्रिउन र नयाँ शिरावाट अगाडी बढुन भनेर आमजनताले पटकपटक अवसर प्रदान गर्दै आएका हुन्। तरपनि राजनीतिककर्मीहरुमा मुलुक र जनताप्रतिको उत्तरदायित्व र गम्भिरता कत्तिपनि रहेको देखिँदैन्।

निवार्चनको सम्पूर्ण नतिजा आइसकेपछि यति खेर प्रमुख दलहरु सरकार गठनको रस्साकस्सीमा सर्घषरत छन्। निर्वाचनमा कसैकोपनि बहुमत आउन नसकेको स्थितीमा सरकार गठनमा विभिन्न दलहरुबीचको सहकार्य आवश्यक पर्दछ। जनताले नया शिरावाट अगाडी बढ भन्ने सन्देश प्रवाह गरेपनि प्रमुख दलका नेताहरुमा आफैनै हुनुपर्छ भन्ने किसिमवाट सक्रियता देखिन्छ। वास्तवमा यखिखेरको जनमतको आवाज स्विकार गर्ने हो भने प्रमुख दलहरुका पहिलो र दोस्रो लहरका नेताहरु राजनीतिवाटै विश्राम लिनु उचित हुन्थ्यो, तथापी यति नसकेपनि कम्तिमा सरकार निर्माणमा पार्टीका नया पुस्तालाई अग्रसर गराउनु पथ्र्यो। तर अहिलेसम्मको गतिविधीहरु हेर्दा मिति गुज्रिसकेका पुराना अनुत्पादक नेताहरुले अझै केही वर्ष नेपालको राजनीतिलाई बन्धक बनाउने र मुलुकलाई थप भड्खालोमा जाक्ने मनसाय नै देखिन्छ।

समानुपातिकतर्फको मत हेर्दा मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तिनै दलहरु यस पहिलेको निर्वाचनको भन्दा लाखौं मतले खस्किएको यर्थाथता रहेकोले यी तीनै दलहरुका नेतृत्वले नैतिकताका आधारमा जीम्मेवारी लिदैं राजिनामा दिनु पर्ने हो। तर नेपालका नेताहरुवाट यस किसिमको राजनीतिक ईमान्दारिताको अपेक्षा गर्नु बेकार जस्तै हो।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः संसदीय दलको नेता चयन हुन दौडधुप गरिरहदाँ यसले पार्टीभित्रमात्र होईन वाहिरी वृत्तमापनि तरगं उत्पन्न गरेको छ। पाचँ पटक प्रधानमन्त्री भईसकेको व्यक्ति नया जनमतलाई स्विकार गर्दै पहिले पार्टीभित्रै निकास दिनुपर्नेमा फेरीपनि आफै प्रधानमन्त्री बन्ने रुची देखाउदा आमजनतामा पुनः नैराश्यकता छाउन थालेको छ, साथै निर्वाचनपछि केही सुधार होलाकि भन्ने आशापनि तुषारापात हुने देखिदैछ। एक राजनीतिकर्मीकोरुपमा देउवाले यस देशलाई गर्नुपर्ने योगदान भन्दा धेरै गुणा राजनीतिक अवसर र लाभ प्राप्त गरिसकेका छन्।

उनले यस देशकालागि के राम्रो गरे भन्दा के के बदमासी गरे भनेर लिस्ट तयार गर्ने हो भने कम्ति लामो हुने छैन्। विभिन्न तिकडम गरेर डडेलधुरावाट चुनाव जित्नुवाहेको स्थिती हेर्दा उनी नेपालकै सवैभन्दा अलोकप्रिय नेताहरुमा गनिन्छन्। उनकावारे आमजनता के सोच्छन्, के भन्छन् भनेर धारणा लिने हो उनकै पार्टीका कार्यकर्ताहरुवाटसमेत सकरात्मक जवाफ सायदै पाईलान्।

यो उमेरमा आईसक्दापनि देउवामा मैले धेरै लाभ लिईसके अव देश र जनताको भलो होस् भनेर सामान्य चिन्तन र व्यावहार नदेखिनु निश्चितरुपमै दूर्भाग्यपूर्ण कुरा हो। देउवामा जीवनको यो उत्तरार्धमा थोरै भएपनि ईज्जत कमाउने ईच्छा छ भने संसदीय दलको नेताको दावी छोड्नेमात्र होईन पार्टी सभापतिवाटसमेत राजिनामा दिई नया पुस्ताकोलागि मार्गप्रशस्त गर्नु पर्दछ। तर विडम्वना नै भन्नु पर्छ देउवावाट यो किसिमको राजनीतिक त्यागको अपेक्षा गर्नु कम्ति मूर्खतापूर्ण सोचाँई होईन्।

विश्वका लोकतन्त्रहरुका अभ्यास हेर्दा आमनिर्वाचनमा पार्टीको केही मत कम आयो भनेपनि नेतृत्वले राजिनामा दिएर अन्यलाई स्थान खाली गरिदिने प्रचलन रहेको पाईन्छ। यस प्रक्रियाले पार्टीलाई चलायमान बनाउनुका साथै पार्टीका सामान्य सदस्यहरुमासमेत उत्साहको स्थिती निर्माण गर्दछ। तर हाम्रो राजनीतिक अभ्यास ठीक विपरित छ। त्यहि त निर्वाचनपछिपनि आमनागरिकमा कुनै उत्साह र अपेक्षा देखिदैन्। यस्तै हो यहाँ केहीपनि हुदैन्, नेताहरु कहिल्यै सुध्रिदैनन् भन्ने मनोविज्ञान व्याप्त रहेको देखिन्छ।

पार्टीका कार्यकर्ताहरुमासमेत केही बर्षयता चरम निराशा र उत्साहहिनता देखिन्छ, आफ्ना नेताहरु कत्तिपनि गम्भिर छैनन्, सत्ता र पैसामात्र प्राथमिकतामा छ भन्ने उनीहरुको निष्कर्ष छ। त्यहि त पहिले जस्तो एक अर्का पार्टीहरुका कार्यकर्ताबीच दुस्मनी वा तनावको अवस्था अहिले छैन। सवै पार्टीका नेताहरु उस्तै खराव रहेछन्, हामी किन झगडा गर्नु भन्ने बुझाई वा चेतना उनीहरुमा विकास भएको छ।

अहिले देशको आर्थिक–सामाजिक अवस्था निकै नै जटिल अवस्थामा छ। आमजनतामा आशा होईन चरम नैराश्यता र तनाव व्याप्त छ। युवा पुस्ताकालागि देशमा आशा जगाउने कुनै चिजँ वाकिँ छैन्। साच्चै भन्ने भने देश यस्तो अवस्थामा आई पुगेको छ कि कतै वाट मात्रपनि सामान्य उज्यालो आउँला कि भन्ने आशासमेत जनताले देख्न छोडिसकेका छन्। यस्तो अवस्थामापनि दूर्भाग्य नै भन्नुपर्छ आमनिर्वाचनले कुनै उत्साह सिर्जना गर्न सकेन्। झन निराशाको अवश्था सिर्जना भएको छ आमनागरिक माझ।

अवको निकासको सुरुवात देउवावाट हुन सक्दछ। उनले तत्काललाई संसदीय दलको नेताको दावी छोड्ने र पार्टीका नया पुस्ताकालागि मार्ग प्रशस्त गर्ने। ठूलो पार्टीको संसदीय दलका नया नेतालाई प्रधानमन्त्रीकालागि प्रस्तुत गर्ने अन्य दलहरुको साथ लिएर। यत्ति कदमलेपनि जाम भएर बसेको आफ्नै पार्टीभित्र केही चलायमानको स्थिती र देशभित्र केही उत्साहको वातावरण सिर्जना गर्दछन्।

यहि स्थिती नयाँ दलहरुमापनि हुन सके यसले थप उत्साहप्रद वातावरण सिर्जना गर्दछ। देश बस्न लायक बनाउन र जनतामा आशा जागृत गर्नकालागि यो कदम आवश्यक छ, तर सत्ताकालागि जे पनि गर्न तयार हुने देउवाले यत्तिको राजनीतिक ईमान्दारिता र देशप्रतिको कर्तव्यवोध महसुस गर्लान भनेर न त आमनागरिकले विश्वास गर्छन्, न त देउवाकै पार्टीका कार्यकर्ताहरुनै होला भनेर टाउको हल्लाउछन्।