६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लरेन्स गिरोहका ५ सदस्य पक्राउ



अ+ अ-

एजेन्सी । मुम्बई अपराध शाखाले अंधेरी क्षेत्रबाट लरेन्स गिरोहका ५ सदस्यलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ७ थान पेस्तोल र २१ थान कारतूस बरामद गरिएको छ ।

बुधबार अप्रिल २ मा यो जानकारी दिँदै प्रहरीले सेलिब्रेटीलाई गिरोहको निशाना भएको आशंका गरेको बताएको छ ।

विशेष सूचनाका आधारमा क्राइम ब्रान्चको टोलीले लरेन्स गिरोहका सदस्यलाई शनिबार पक्राउ गरेको अपराध शाखाका अधिकारीले बताए । उनीहरुले हतियार किन बोकेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा विकास ठाकुर उर्फ ​​विक्की, सुमितकुमार दिलावर, श्रेयस यादव, देवेन्द्र सक्सेना र विवेक गुप्ता रहेका छन् । उनीहरु सबै राजस्थान, बिहार र उत्तर प्रदेशका बासिन्दा हुन् ।

सलमान खानलाई लरेन्स ग्याङबाट लगातार धम्की आइरहेको छ । यस्तो अवस्थामा ५ गिरोहका सदस्य पक्राउ र उनीहरुबाट हतियार बरामद भएपछि सलमान खानको सुरक्षालाई लिएर ठूलो खतराको रुपमा हेरिएको छ ।