९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लरेन्स गिरोहका ५ सदस्य पक्राउ



अ+ अ-

एजेन्सी । मुम्बई अपराध शाखाले अंधेरी क्षेत्रबाट लरेन्स गिरोहका ५ सदस्यलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ७ थान पेस्तोल र २१ थान कारतूस बरामद गरिएको छ ।

बुधबार अप्रिल २ मा यो जानकारी दिँदै प्रहरीले सेलिब्रेटीलाई गिरोहको निशाना भएको आशंका गरेको बताएको छ ।

विशेष सूचनाका आधारमा क्राइम ब्रान्चको टोलीले लरेन्स गिरोहका सदस्यलाई शनिबार पक्राउ गरेको अपराध शाखाका अधिकारीले बताए । उनीहरुले हतियार किन बोकेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा विकास ठाकुर उर्फ ​​विक्की, सुमितकुमार दिलावर, श्रेयस यादव, देवेन्द्र सक्सेना र विवेक गुप्ता रहेका छन् । उनीहरु सबै राजस्थान, बिहार र उत्तर प्रदेशका बासिन्दा हुन् ।

सलमान खानलाई लरेन्स ग्याङबाट लगातार धम्की आइरहेको छ । यस्तो अवस्थामा ५ गिरोहका सदस्य पक्राउ र उनीहरुबाट हतियार बरामद भएपछि सलमान खानको सुरक्षालाई लिएर ठूलो खतराको रुपमा हेरिएको छ ।