२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

आईपीएलः अघिल्लो सिजन फाइनलमा भिडेका दुई टोलिबीच प्रतिस्पर्धा

आईपीएलः अघिल्लो सिजन फाइनलमा भिडेका दुई टोलिबीच प्रतिस्पर्धा
अ अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ को १५ औं खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र उपविजेता सनराइजर्स हैदरावादबीच हुँदैछ ।

खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा दुवै टोलीले ३–३ खेल खेलेका छन् । दुवैले १–१ जित र २–२ को हार बेहोरेका छन् । गत वर्ष यी दुई टोलीबीच फाइनल खेल भएको थियो ।

जहाँ कोलकाताले हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जितेको थियो ।

हेड टु हेड
कोलकाता हेड टु हेडमा हैदरावादभन्दा अगाडि छ । यी दुईबीच २८ वटा आईपीएल खेल भएका छन् । जसमध्ये कोलकाताले १९ खेल जित्दा हैदरावादले ९ खेलमात्रै जितेको छ । यस स्टेडियममा दुई टोलिबीच १० पटक भिडन्त भएको छ । जसमा ७ खेल घरेलु टोलिले जित्दा ३ पटक हैदरावाद विजयी भएको छ ।

हैदरावादका हेड शीर्ष स्कोरर
ट्राभिस हेड एसआरएचका शीर्ष स्कोरर छन् । उनले यो सिजन ३ खेलमा १३६ रन बनाएका छन् । उनीपछि अनिकेत वर्मा दोस्रो र इशान किशन तेस्रो स्थानमा छन् । अनिकेतले ३ खेलमा २०५.२६ को स्ट्राइक रेटमा ११७ रन बनाएका छन् । यसअघिको खेलमा उनले दिल्ली क्यापिटल्सविरुद्ध ४१ बलमा ७४ रनको अर्धशतक खेलेका थिए ।

इशानले तीन खेलमा १०८ रन बनाएका छन् । आफ्नो पहिलो खेलमा उनले राजस्थान रोयल्सविरुद्ध ४७ बलमा १०६ रनको शतकीय पारी खेलेका थिए । बलिङमा हर्षल पटेल ३ विकेट लिएर शीर्ष स्थानमा छन् ।

डि कक उत्कृष्ट लयमा
केकेआरका शीर्ष स्कोरर क्विन्टन डी कक हुन् । उनले ३ खेलमा १०२ रन बनाएका छन् । दोस्रो खेलमा उनले राजस्थान रोयल्सविरुद्ध ६१ बलमा ९७ रनको अविजित पारी खेलेका थिए । उनीपछि टिमका कप्तान अजिंक्य रहाणेले ८५ रन बनाएका छन् ।

आफ्नो पहिलो खेलमा उनले आरसीबीविरुद्ध ३१ बलमा ५६ रनको अर्धशतक खेलेका थिए । बलिङमा वरुण चक्रवर्तीले ३ खेलमा ३ विकेट लिएका छन् ।

कस्तो छ पिच ?
इडेन गार्डेन रंगशालाको पिच ब्याटिङमैत्री छ । यस रंगशालामा हालसम्म ९४ आईपीएल खेल भइसकेका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३८ खेल जितेका छन् भने पछ्याउने टोलीले ५६ खेल जितेका छन् ।

रेकर्ड हेर्दा टस जित्ने टोलीले पहिले बलिङ गर्ने निर्णय गर्न सक्छ । यस स्टेडियमको उच्चतम टोली स्कोर२६२–२ रहेको छ जुन गत वर्ष कोलकाता विरुद्ध पञ्जाब किंग्सले बनाएको थियो ।

आज कोलकाताको मौसम निकै तातो हुनेछ । दिनभर कडा घाम रहनेछ । पानी पर्ने सम्भावना छैन । यस दिन यहाँको तापक्रम २५ देखि ३६ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ ।

दुबै टिमका सम्भावित सुरुवाती–१२
सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, जीशान अन्सारी, हर्षल पटेल, मोहम्मद शामी, एडम जाम्पा ।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, स्पेन्सर जोन्सन, हर्षित राणा, वैभव अरोरा, वरुण चक्रवर्ती, अङ्क्रिश रघुवंशी ।