२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 3.09

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानद्वारा नेपाललाई ३०१ रनको चुनौती



अ+ अ-

काठमाडौँ । अफगानिस्तानको यु–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि ३०१ रनको विशाल लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर उक्त योगफल बनायो । अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा नौ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन । त्यसैगरी, खालिद अहमदजाइले १०७ बलमा छ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।

नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । नेपाल र अफगानिस्तान यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा रहेका छन् । छनोटअघि दुवै टोलीले तीन खेलकोे अभ्यास सिरिज खेल्न लागेका हुन् ।