
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिनका चेतावनी दिएकी छिन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तीन महिनापछि आज कार्यालय फर्केका छन् । गुरागाईं हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका हुन् ।
सो क्रममा नगरप्रहरीले उनलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए ।
उपमेयर डंगोलसहितको बैठक जारी छ । यो परिस्थितीपछि उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन आग्रह गरेकी छन् ।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन ।’
‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । उनले भनिन् ।