१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन
अ अ+ अ-

भेरीगङ्गा । कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार ८७६ मेट्रिक टन मकै उत्पादन भएको छ ।

कर्णालीमा ८२ हजार ८०८ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले जनाएको छ । मकैपछि बढी उत्पादन हुने बाली गहुँ हो । प्रदेशका दशवटै जिल्लाको तथ्याङ्क अनुसार ७१ हजार ७६९ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आइएको छ । गत वर्ष मात्रै प्रदेशभर एक लाख ५१ हजार ९९० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक तिलक पाण्डेका अनुसार धान उत्पादन तेस्रो स्थानमा पर्दछ । गत वर्ष एक लाख ४६ हजार ६७९ मेट्रिक टन धान उत्पादन भएको जनाउँदै उहाँले कर्णालीमा ४१ हजार ३०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको उल्लेख गर्नुभयो ।

कोदो १८ हजार ८२६ मेट्रिक टन, जौ नौ हजार ७०९ मेट्रिक टन र फापर दुई हजार ६३३ मेट्रिक टन उत्पादन भएको पाण्डेले जानकारी दिनुभयो । कोदो र फापर विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने गरेको छ । जसअन्तर्गत १३ हजार ७०४ हेक्टर क्षेत्रफलमा कोदो र दुई हजार ३७७ हेक्टर क्षेत्रफलमा फापरखेती हुँदै आएको निर्देशनालयले जनाएको छ ।

कुन जिल्लामा कति खाद्यन्न उत्पादन?

निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी मकै उत्पादन हुने जिल्ला सल्यान हो । सल्यानमा यो वर्ष ७४ हजार ७०० मेट्रिक टन मकै उत्पादन भएको छ । सुर्खेतमा ४५ हजार ४७५ मेट्रिक टन मकै उत्पादन हुँदा दैलेखमा ४५ हजार ३१० मेट्रिक टन, जाजरकोटमा ३३ हजार ३१३ मेट्रिक टन, रुकुम पश्चिमा ३५ हजार ३४० मेट्रिक टन मकै उत्पादन भएको निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालीकोटमा आठ हजार ६० मेट्रिक टन, जुम्लामा १० हजार ५०० मेट्रिक टन, मुगुमा दुई हजार १३८ मेट्रिक टन, डोल्पामा तीन हजार ७५० मेट्रिक टन र हुम्लामा २९० मेट्रिक टन मकै उत्पादन भएको छ ।

यस्तै, गहुँ उत्पादनमा सुर्खेत अगाडि देखिएको छ । सुर्खेतमा यो वर्ष ३४ हजार १०२ मेट्रिक टन उत्पादन भएको छभने सल्यानमा २८ हजार ५२८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

जाजरकोटमा २५ हजार १०० मेट्रिक टन, रुकुम पश्चिममा २१ हजार ७१३ मेट्रिक टन, दैलेखमा १७ हजार २७४ मेट्रिक टन, कालीकोटमा ११ हजार ३१३ मेट्रिक टन, जुम्लामा पाँच हजार ४०८ मेट्रिक टन, डोल्पामा चार हजार १६५ मेट्रिक टन, मुगुमा तीन हजार २७२ मेट्रिक टन र हुम्लामा एक हजार ११५ मेट्रिक टन गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

धान उत्पादनमा पनि सुर्खेत पहिलो देखिएको निर्देशनालयका निर्देशक पाण्डेले बताउनुभयो । यो वर्ष उत्पादन भएको धानको तथ्याङ्कलाई हेर्दा सुर्खेतमा ६३ हजार ८० मेट्रिक टन उत्पादन भएको छ ।

उहाँका अनुसार दैलेखमा २७ हजार १५२ मेट्रिक टन, सल्यानमा २३ हजार ७१० मेट्रिक टन, रुकुम पश्चिममा नौ हजार ४५५ मेट्रिक टन, जाजरकोटमा नौ हजार ३०७, जुम्लामा पाँच हजार ९८७, कालीकोटमा पाँच हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै, हुम्लामा एक हजार १२० मेट्रिक टन धान उत्पादन हुँदा मुगुमा एक हजार २३ मेट्रिक टन र डोल्पामा ३४५ मेट्रिक टन धान उत्पादन भएको छ । कर्णालीमा सात जिल्ला खाद्यान्नमा आत्मनिर्भर छन् भने अन्य तीन जिल्ला खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् ।

कर्णालीमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको प्रदेश सरकारले जनाएको छ । सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउनेदेखि उत्कृष्ट किसानलाई पुरस्कृत गर्नेलगायत कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक पाण्डेले जानकारी दिनुभयो । रासस